Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवार लिफ्ट सिँचाई आयोजनाको साधारण सभा सम्पन्न
    अर्थ

    मर्चवार लिफ्ट सिँचाई आयोजनाको साधारण सभा सम्पन्न

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर १४, शुक्रबार १६:२८ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, १४ मंसिर । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था तथा मर्चवार सामुदायिक वन उपभोक्ता समूहको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार कोटहीमाई ५ स्थित संस्थाको प्रांगणमा एक कार्यक्रमका बिच उक्त सभा सम्पन्न भएको हो ।

    मर्चवार लिफ्ट सिँचाई तर्फ आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रस्तुत गर्दै वर्षभरीमा विभिन्न शिर्षकमा २४ लाख ८९ हजार ६४ रुपैया खर्च र २५ लाख ४५ हजार २ सय १९ रुपैया आम्दानी भएको संस्थाका ब्यवस्थापक विश्वनाथ आर्यले बताए ।

    किसानहरुबाट पानी (सिँचाइ) र सदस्यता शुल्कबाट ११ लाख ४७ हजार ३० रुपैया आम्दानी भएको जानकारी गराउँदै अन्य विभिन्न शिर्षकबाट ३ लाख १० हजार ३५ रुपैया बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी मर्चवार सामुदायिक वन उपभोक्ता समूह तर्फ आर्थिक वर्ष २०८०/०८१ मा १० लाख ३५ हजार ३ सय १३ रुपैया आम्दानी भएको छ । उक्त आर्थिक वर्षमा विभिन्न शिर्षकमा १० लाख २१ हजार ७ सय २० रुपैया खर्च भएको उनले बताए ।

    कार्यक्रमलाई सम्बोदन गर्दै सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व शिक्षा मन्त्री प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले मर्चवार लिफ्ट सिँचाइ आयोजनाले मर्चवारको अर्थ ब्यवस्था सम्हालेको बताए । उनले भने, ‘मर्चवार पुर्ण रुपले कृषि क्षेत्र हो र यहाँका किसानलाई सिँचाईका लागि मर्चवार लिफ्ट सिँचाईको नहर ठुलो श्रोत हो ।’

    नहरलाई बृहत रुपले विकास गर्नुपर्ने आवश्यक रहेको भन्दै आउने वर्षमा यस आयोजनालाई लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाको रुपमा समावेश गराउने उनले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अहिले भइरहेको डीपिआर बमोजिमको आवश्यक बजोट आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशबाट बिनियोजन गराउने उनको भनाई छ । मर्चवार क्षेत्रको सडक संजाल जीर्ण अवस्थामा रहेको भन्दै यसै कार्यकालमा मर्चवारको रिंगरोड र बेथरी खैरा सडकलाई पुर्णता दिलाउने प्रण लिएको बताए ।

    सभाका विशिष्ट अतिथि रुपन्देही क्षेत्र नं. ४ ‘क’ को प्रदेश सभा सदस्य कन्हैया बनियाले आफुले निर्वाचित हुनु पुर्व नै मर्चवार लिफ्ट सिँचाइ आयोजना प्रति चिन्तनशील रहेको बताए ।

    निर्वाचन पुर्व नै सेमरा सम्म पानी पुर्याउन आफ्नो ब्यक्तिगत लगानीमा नहर सरसफाई गरी पानी पुर्याएको स्मरण गराउँदै निर्वाचन लगत्तै बैरघाट देखि अमवा सम्मको नहर सरसफाई गराई पानी पुर्याउनमा प्रयासरत रहेको बताए ।

    नरह मर्मतको लागि आफुले बजेट समेत बिनियोजन गरेको तर सो कार्य डिभिजन कार्यलयको कर्मचारीको लापरवाहीले काम गर्न नसकेको बताए । किसानहरुको लागि मल बीउ र पानीको समेत ब्यवस्थापनमा स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधि एकबद्ध हुनपर्नेमा प्रदेश सभा सदस्य बनियाले जोड दिए  ।

    मर्चवार लिफ्ट सिँचाईको नहरलाई पुनः मर्मत गरी आवश्यक ठाउँमा थप गर्नको लागि बजेट बिनियोजन गरी डीपिआर कार्य शुभारम्भ गराएको उनले बताए । मर्चवारको सडक, विद्युत, मलखाद लगायत अन्य विभिन्न समस्या प्रति आफुले सम्बन्धित निकाय र कार्यालयमा धाईरहेको उनले जनाए ।

    साधारण सभामा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, सम्मरीमाई ७ का वडाध्यक्ष राधेश्याम कुर्मी, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, कोटहीमाई ४ का वडाध्यक्ष बेचुराम पाल, कोटहीमाई ७ का वडाध्यक्ष पवन कुमार यादव लगायतकाले मन्तव्य राखेका थिए ।

    संस्थाका अध्यक्ष नजीर अहमद खाँनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव जगन्नाथ प्रसाद कुर्मीले संचालन गरेका थिए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कन्हैया बनियाँ कोटहीमाई गाउँपालिका मर्चवार मर्चवार लिफ्ट सिँचाई आयोजना वसीउद्दीन खाँन सम्मरीमाई गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.