
हृदयराम गुप्ता
मर्चवार, १६ मंसिर । रुपन्देहीमा गहुँ जोन संचालन समन्व्य समिति पुर्नगठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ,रुपन्देही अन्तर्गत संचालन भएको उक्त समिति शुक्रबार भैरहवामा एक कार्यक्रका बीच पुर्नगठन भएको हो ।
Advertisement

Advertisement
Advertisement

पुर्नगठन उक्त समितिको संयोजकमा कोटहीमाई गाउँपालिका ५ स्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद कुर्मी चयन भएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ,रुपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार उक्त समितिमा ३ महिलासहित ९ जना सदस्य छनौट गरिएको छ र
रुपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका मर्चवार क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाँउपालिकाको विभिन्न वडाहरुमा संचालन रहेको छ । संचालन रहेका वडा भित्रका कृषि सहकारी संस्था तथा कृषक समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी हरेक स्थानीय तहबाट ३ जना प्रतिनिधि छनौट भई समिति पुर्नगठन गरिएको कार्यक्रमको अध्यक्ष समेत रहेका कृषि अधिकृत काफ्लेले बताए ।
समितिले जोन क्षेत्र कार्यक्रम संचालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएको भन्दै सबै सदस्यहरु एकताबद्ध भएर आधुनिक उन्नत प्रविधिहरु अवलम्बन गर्दै गहुँ जोनमा पूर्ण यान्त्रिकीकरणका लागि आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।
पुर्नगठन कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाले यस अघिको गहुँ जोन संचालन समन्वय समितिले कार्यालयहरुसँग समन्वय गरी मर्चवार क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए ।
मर्चवार क्षेत्रमा उत्पादन बढाउन तथा परियोजनालाई प्रभावकारी बनाउन नयाँ समितिले पनि उपलब्धिमुलक कार्य गर्ने विश्वास लिइएको छ । गठित समितिलाई शुभकामना दिदै प्रमुख अतिथि बनियाले कार्यक्रमको मापदण्डलाई ख्याल राख्दै कृषकको हितको लागि अझै राम्रो कार्य गर्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि सुरज पाण्डेले गहुँ जोनले अघिल्लो समिति तथा स्थानीय तहसँग समेत समन्वय गरी गहुँको उत्पादकत्व बृद्धि तथा लागत न्यूनिकरणमा उल्लेखनिय कार्य गरेको बताउँदै नयाँ समितिले पनि समन्वय तथा सहकार्य गरी उत्कृष्ट कार्य गर्नका लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
समितिका संयोजक कुर्मीले परियोजना तथा कार्यक्रमको लक्ष्य र उद्देश्यलाई सार्थक बनाउन सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गरी समितिले कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो नेतृत्वमा गठन भएको उक्त समितिले उपलब्धिमुलक कार्य गर्ने बताए ।
गठन कार्यक्रमको अवसरमा नि–वर्तमान समितिका सदस्यहरुले गहुँ जोन संचालनमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको संचालन गर्दै कृषि अधिकृत सौरज विश्वकर्माले समिति गठनको उद्देश्य तथा भूमिकाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

