
भैरहवा, १७ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्धारा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी धमाधम भइरहेको छ । भैरहवाको अंचलपुरमा आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना हुन लागेको महोत्सवको सफल पार्नका लागि गठन गरिएको ३३ वटा समितिहरु सक्रिय छन् ।
आर्थिक मन्दीले थलिएको बजार चलायमन गराउन र सर्वसाधरणहरुको तनावको जीवनमा मनोरञ्जन मार्फत खुशी ल्याउनका लागि संघका पदाधिकारी देखि सदस्यहरुसम्म महोत्सवका निम्ति बिहान देखि रातीसम्म खटिएका छन् ।
Advertisement

Advertisement
Advertisement

महोत्सवमा कृषि क्षेत्रलाई लक्षित गर्दै निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाइएको छ भने ४० बढी जिल्लाबाट उद्योगी-व्यवसायी, कृषकले अ-आफ्नो उत्पादन देखाउने/विक्री गर्ने भएका छन् ।
महिला उद्यमी, हस्तकलालाई स्टलमा ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ ।

भैरहवा क्षेत्रका उद्योगी-व्यवसायी, संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बद्धिजीवीहरुले महोत्सव सबैको साझा पर्व भएकोले सफल पार्नका लागि सबैले अ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।
हेर्नुहोस् तस्वीरहरुः










