
भैरहवा, १८ मंसिर । भैरहवा बहुमुखी क्याम्पसको कक्षा कोठाको झ्याल, विद्युत, शौचालयको मर्मत, सम्भार र व्यवस्थापनका लागि नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुख र संकाय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ।
नेपाल विद्यार्थी संघको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी र नेपाली माध्यम कक्षा कमिटिले व्यवस्थापन संकायको कक्षा कोठामा झ्याल, विद्युत, दुर्गन्धित छात्रा शौचालय लगायतको समस्या समाधानका लागि क्याम्पस प्रमुख अनिल कुमार झा र व्यवस्थापन संकायका प्रमुख बाबुराम काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
Advertisement

Advertisement
Advertisement

क्याम्पस प्रशासनले ज्ञापन पत्र बुझ्दै माग गरिएका विषय सम्बोधन गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटिको अध्यक्ष रशमी रसाईलीले बताइन् ।
व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटिको अध्यक्ष रशमी रसाईली, सचिव महेक मन्सुरी र नेपाली माध्यम कक्षा कमिटिको अध्यक्ष सम्झना कुवँर, सचिव बबिता कर्ण लगायत विद्यार्थीले समस्याका विषयमा क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका हुन् । नेपाल विद्यार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइले क्याम्पसमा विद्यार्थीको हितमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

