
भैरहवा, २१ मंसिर । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहितका सामग्री प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपलिका-८ अंचलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याइएको चार लाख ५० हजार बढी मूल्य बराबरको कपडा लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीक अनुसार चेकजाँचको क्रममा साडी ७८ थान, सुट १६३ थान, बेल्ट ७२ थान, कस्मेटिक लगायतका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

