
भैरहवा, २२ मंसिर । रुपन्देहीको युथ क्लब अफ पडसरीको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।०७९ सालमा स्थापना भएको क्लबले छोटो अवधीमा सामाजिक क्षेत्रमा अधिक काम गरेको छ ।
तिलोत्तमा नगरपालिकाको हरियाली पार्कमा आयोजित साधारण सभामा क्लबमा अध्यक्ष सुरज मिश्रले क्लबले गरेका वार्षिक कार्यहरु र कोषाध्यक्ष कपिल जि.टी. ले कोषसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै, क्लबका संस्थापक अध्यक्ष एंव विधान संसोधन उपसमितिका संयोजक गुमानसिंह (कुमार) घर्तीले क्लबको विधानमा आवश्यक संसोधनका लागि
पेश गरेका विषयहरु उपर पनि छलफल गरेर सभाले संसोधनका लागि सर्वसम्मतले अनुमोदन पश्चात पारित गरेको युथ क्लब अफ पडसरीको सचिव सुष्मा भुजेलले बताईन् ।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष प्रदिप थापा मरासिनिले सबैको हातेमालोले क्लबको उचाई बढ्दै गएको र ओमसतिया गाउँपालिकामा मात्र नभई जिल्ला स्तरमा क्लबले पहिचान बनाउँदै लगेकोमा खुशी व्यक्त गरे ।
क्लबका नवनियुक्त सल्लाहकार केदारनाथ आचार्यले क्लबको अध्यक्ष र कोषाध्यक्ष प्रतिवेदनले क्लबका कार्यहरु देखिएको र धेरै राम्रा कार्यहरु भएकोले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा अझ राम्रा कार्यहरु गर्न सुझाए । उनले आफुलाई प्राप्त जिम्मेवारी राम्ररी निर्वाह गर्न र आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरे ।
क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह (कुमार) घर्तीले सबैको साथ, सहयोग, सल्लाह-सुझावले क्लब यहाँसम्म आईपुगेको भन्दै आगामी दिनमा यस्तै साथ, सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि ओमसतिया वडा नम्बर २ का कार्यवाहक वडाअध्यक्ष विक्रम यादवले क्लबले समाजमा धेरै राम्रा कार्यहरु गरिरहेको भन्दै वडा कार्यालयबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता जनाए ।
क्लबका अध्यक्ष सुरज मिश्रले सबैभन्दा महत्वपूर्ण पाटो आर्थिक पारदर्शीताले क्लब यहाँसम्म आईपुगेको भन्दै क्लबलाई उचाईमा पुर्याउनका लागि सबै योगदानको महत्वपूर्ण रहेको बताए । उनले क्लबमा थोरै महिला सदस्यहरु रहेपनि उनीहरुको सक्रियताको प्रशंसा गरे ।
सामाजिक कार्यहरुका लागि ओमसतिया गापाको वडा नम्बर २ को कार्यालयमा पेश गरिएका योजनाहरु समावेश नभएकोले क्लबको कार्यमा ब्रेक लागेको महसुस भएको र आगामी दिनमा समावेश हुनेमा आफुहरु विश्वस्त रहेको उनले जनाए ।
आफु निर्वाचित हुनु अघि आफ्नो कार्यकालमा गर्ने कार्यको प्रतिवद्धता अनुसार कार्य गरेको र आगामी दिनमा पनि गर्दै जाने उनको भनाई छ ।
कार्यक्रममा क्लबको सदस्य सरु गौतमले क्लबले धेरै राम्रो कार्यहरु गरिररहेकोले आफु क्लबमा आवद्घ भएको र आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कामहरु गर्ने जनाईन् ।
साथै, क्लबले सल्लाहकारमा केदारनाथ आचार्य र प्रेस सल्लाहकारमा सलमान खानलाई नियुक्त गरेको छ ।
क्लबको अध्यक्ष सुरज मिश्रको अध्यक्षता, ओमसतिया गापा वडा नम्बर २ का कार्यवाहक वडाअध्यक्ष विक्रम यादवको प्रमुख अतिथ्यता, संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह (कुमार) घर्ती, सल्लाहकार केदारनाथ आचार्य, खडानन्द अधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन क्लबको सचिव सुष्मा भुजेलले गरेकी थिईन् ।

