Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु
    फोकस लुम्बिनी

    रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २४, सोमबार १४:१२ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, २४ मंसिर । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् ।

    सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरुले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन्। उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने गरी कार्यक्रम बनाएको जानकारी दिए ।

    समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तीव्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागीता सुनिश्चित गरिने पनि उनले बताए । ‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’उनले भने,‘बनेका नीतिनियम तथा कानूनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

    बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नुपर्ने बताए । उनले नीतिगत रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्बोधन गरिने पनि बताए ।

    पुथाउत्तरगंगामा विकास र समृद्धि पुर्‍याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । ‘त्यसक्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उनले भने–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिए ।

    समुदायमा अझै पनि जातीय छुवाछुत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता सामाजिक र साँस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् ।

    पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरुमा लागूऔषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता सामाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामुलक अभियान चलाउन माग राखिएको छ ।

    स्वास्थ्य चौकीको स्थापना र सहज उपचार सेवादेखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् ।

    घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएता पनि त्यो भत्ता समयमा आइ नपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनीक तथा लैंगिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।

    मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्ती लगायत आएका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्व लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.