
भैरहवा, १ पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ ।
आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट (www.mfd.gov.np) ह्याक भएको भन्ने सूचना देखाइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको उनको भनाई छ ।
महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर, वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

