Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भवानी स्वावलम्बनको साधरणसभा सम्पन्न, साढे ५ करोड बढी बचत
    अर्थ

    भवानी स्वावलम्बनको साधरणसभा सम्पन्न, साढे ५ करोड बढी बचत

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २, मंगलवार १२:१२ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार, २ पुस । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/०८२ को आय व्यय प्रस्तुत गर्दै सम्मरीमाई-५ पाण्डेयडिह स्थित संस्थाको प्रांगणमा उक्त सभा सम्पन्न भएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष ०८०/०८१ मा ५ लाख ९५ हजार १ सय शेयर पुँजी बृद्धि भई ४९ लाख ७० हजार ७ सय कायम भएको बताए । यस्तै बचत रकम आर्थिक वर्ष ०८०/०८१ मा ५५ लाख २७ हजार ४ सय २५ रुपैयले बृद्धि भई ५ करोड ६० लाख २२ हजार १ सय ५५ रुपैया कायम भएको छ ।

    संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा ३ करोड ५३ लाख ७९ हजार ३ सयको ऋण लगानी गरी २ करोड ९५ लाख ९० हजार ६ सय ऋण असुल गरी सेवा प्रदान गरेको अध्यक्ष गडेरियाले बताए । लेखा प्रतिवेदन प्रस्तुत गर्दै ब्यवस्थापक आशोक कुमार तिवारीले संस्थाको कुल सम्पत्ति ८ करोड ४१ लाख ३४ हजार १५६ रुपैया कायम भएको बताए ।

    आर्थिक वर्ष ०७९/८० मा संस्थाको कुल पुँजी ७ करोड ६१ लाख ८९ हजार ७६ रुपैया रहेको जानकारी गदाउँदै आर्थिक वर्ष ०८०/०८१ मा ७९ लाख ४५ हजार ८० रुपैया पुँजीमा बृद्धि भएको तिवारीले जानकारी दिएका छन् । आर्थिक वर्ष ०८०/०८१ मा १ लाख ८३ हजार ९१८ रुपैया शुद्ध बचत गरेको उनले बताए ।

    सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीलाई चौतर्फी घेरा गरी बदनम गर्ने षडयन्त्र भइरहेको बताए । सहकारी आएदेखि साहु महाजन तथा अन्य ठुला बैंकको चर्को ब्याजले असुली धन्दा कम भएको बताउँदै सहकारीमा ऋण लिई समयमा फिर्ता नगरी सहकारीलाई बदनाम गर्न खोजिएको उनले बताए ।

    ‘नेपालमा धेरै सहकारी छन् कहि कतै कुनै सहकारीका पदाधिकारी वा कर्मचारीले बदमासी गर्दैमा सो घटनालाई जोडेर अधिराज्यभरीमा सहकारीलाई बदनाम गर्ने रणनीती बनाई गलत प्रचार गरिन्छ’,उनले भने, ‘विभिन्न संचारमाध्यममा दैनिक रुपले आएको सहकारीका समाचारले सार्बजनिक ठाउँमा सहकारीको पदाधिकारी हुँ भन्ने अफ्ठयारो लाग्ने अवस्था आउन थालेको छ । उक्त अवस्थालाई चिर्न सबै सहकारी प्रेमी र सरोकारवालाहरुले संबेदनशील हुन अवाश्य छ ।’

    सहकारीबाट प्रदान हुने हरेक सेवा सहज र सजिलो रहेको जानकारी गराउँदै सहकारीबाट लिएको ऋण सबैले समयमै बुझाउन उनले आग्रह गरे । ‘सहकारी समाजले समाजकै लागि जोगाउने हो र बृद्धि गर्ने हो’ भन्दै वार्षिक साधारण सभामा हरेक शेयर सदस्यले आफ्नो विचार वा सुझाव राख्न सक्ने उनले बताए ।

    सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, विधवा पेन्सन, ज्येष्ठ नागरिक बचतकर्ता, एच्छिक बचतकर्ता, बाल बचतकर्ता लगायत विभन्न बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    सभामा सम्मरीमाई ५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नंं २ का वडाध्यक्ष अजय कुमार गुप्ता, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठी, नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक जितेन्द्र यादव, संस्थाका शेयर सदस्य राजु यादव लगायत विभिन्न सदस्यहरुले मनतब्य राखेका थिए । राम अनुज प्रताप नारायण त्रिपाठीको संचालनमा सम्पन्न उक्त सभामा संस्थाका सचिव गनेश पाठकले स्वागत मनतब्य राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मर्चवार श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी सम्मरीमाई गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.