
पोखरा, ७ पुस । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तीनवटा मुद्दा दर्ता भएको छ ।
पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्मालेजानकारी दिइन ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।
कमेन्ट गर्नुस्

