

भैरहवा,११पुस। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीवार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
दिल्लीस्थित एम्स अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनको बिहीवार राति ९ः५१ बजे निधन भएको हो । कांग्रेसका नेता रहेका ९२ वर्षीय सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए।
Advertisement

Advertisement
Advertisement
‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो’, जारी विज्ञप्तीमा भनिएको छ, ‘बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’






