Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव
    अर्थ

    अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष १६, मंगलवार १२:५६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १६ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा रुपन्देहीको भैरहवामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१ तरिख) ‘स्ट्रीट फूड फेस्ट’ (सडक खाना महोत्सव–२०२५ हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आज महोत्सव हुने भएको हो ।

    महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले स्थानीय कलाकार, स्थानीय परिकारको प्रवर्द्धनमा जोड दिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनालाई स्वागत गर्न तयार छौं भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘महोत्सव सञ्चालन गर्न विभिन्न किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं’उनले भने, ‘यो कार्यक्रमले बजार चलायमान गर्नुका साथै भैरहवामा रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्न सहयोग गर्नेमा विश्वस्त छौं ।’ एक वर्षमा ४-५ पटक सडक खाना महोत्सव सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । प्रहरीटोलमा हुने महोत्सवको मंगलबार साँझ ६ बजे देखि सुरु हुने बताईएको छ।

    संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै आयोजना गरिएको सडक खाना महोत्सवमा ४० वटा स्टल राख्ने तयारीमा रहेको बताए । त्ससमध्ये ३० वटा स्टल बुक भइसकेको र बाँकी स्टल आज आउने उनले बताए ।

    ‘सानादेखि ठूला होटलसम्म परिकार रहनेछन्, सकभर स्टल कम राख्ने गरी अघि बढेका छौं’ उनले भने, ‘एउटैप्रकारका स्टल भन्दा पनि थारु, नेवारी, गुरुङ, मगर लगायत विभिन्न समुदायहरुको खानाका परिकार राखिनेछ । आएका स्टलधनीको धेरै व्यापार होस् र उहाँहरु खुशी भएर जानुहुन्छ भन्ने योजनाका साथ अघि बढेका छौं ।’

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका रुपन्देही, यूनिक साउण्ड भैरहवा, संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश,प्रवर्द्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, प्रायोजकमा र ग्रोखा ब्रुअरी सह-प्रायोजकमा रुद्राक्ष मार्ट रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।

    त्यस्तै सहयोगी संस्थाहरुमा सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ होटल संघ (सान), होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, लुम्बिनी प्रेस क्लब रुपन्देही, आस्था महिला उद्यमी संघ, मोबाइल व्यवसायी संगठन रुपन्देही, मदिरा व्यवसायी संघ भैरहवा, सोसाईटी अफ टुर्स एण्ड ट्राभल्स (सोट्टो), नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा), सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. र सिद्धार्थ यातायात व्यवसायी प्रा.लि. रहेका छन् । महोत्सवको मुख्य सहयोगी यूनिक बैंक्वेट भैरहवा रहेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उधोग व्यापार संगठन भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.