


भैरहवा, १९ पुस। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिन यता अनलाइन ठगी बढेकोले सर्वसाधरणहरुलाई सचेत रहनका लागि आग्रह गरेको छ।
शुक्रबार सीआईबीले प्रेस विज्ञप्ती जारी गर्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी अनलाइन ठगीको घटना बढेकोले त्यसबाट जोगिनका लागि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको हो।

ठगीका लागि हालसम्म पाँच सय बढी शंकास्पद फोन नम्बरहरु सक्रिय भएकोले अपरिचित नम्बरहरुबाट आएको फोन कलहरु नउठाउन र म्यासेजको रिप्लाई नगर्नका लागि आग्रह गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
इसेवा र खल्तीजस्ता वालेटसहित बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी संस्थाको आधिकारिक व्यक्ति भनेर फोन सम्पर्क गरेर समेत ठगी हुने गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोले पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।
यस्तै सामाजिक संजालमा मार्फत पनि म्यासेजहरुमा विभिन्न प्रलोभनका लिंह पठाएर खोल्न लगाएर समेत ठगी हुने गरेकोले ठगीमा संग्लन संदिग्ध व्यक्तिहरुको सम्बन्धमा कुनै जानकारी भएमा सूचना उपलब्ध गराउनका लागि सीआईबीले आग्रह गरेको छ।
हेर्नुहोस् विज्ञप्ती:


