
काठमाडौ,२२पुस । लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रहरी जवान समेत रहेका नुवाकोटका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकका ३२ वर्षीया मिनसाङ लामा (अनिता) र काभ्रेको तेमालका २२ वर्षीय लाल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौँ भन्दै दुबईबाट आएको एक महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन समेत बरामद भएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

