
ल्हासा, २३ पुस। चीनको तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको छ । तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी कान्टी गाउँमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको हो ।
उक्त भूकम्पमा परी हालसम्म ३८ जना घाइते भएका चीनिया समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ः५० बजे चीनको तिब्बतको दिङ्गी कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
Advertisement

Advertisement
Advertisement

भूकम्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका कारण घाइते भएको प्रहरीले जनाएको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

