
भैरहवा,२३ पुस । भैरहवा क्षेत्रमा रहेको बोधी रेडसन होटल प्रा.लिले चारतारे होटलको मान्यता पाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले बोधी रेडसन होटललाई चारतारा होटलमा स्तर वर्गिकरण गर्दै इजाजत पत्र जारी गरेको हो । चालु आर्थिक वर्षको इजाजत नम्बर ४२ बाट होटललाइ चार ताराको मान्यता प्रदान गरिएको विभागले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

होटलका संचालक प्रमोदकुमार यादवले बोधी रेडसन चारतारे होटलमा स्तरीकरण भएको खुशी व्यक्त गर्दै स्तरीकरणसँगै सेवाहरु थप प्रभावकारी बनाउँदै लगिने बताए ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद यादवले सञ्चालन गरेको उक्त होटल भैरहवाकै उत्कृष्ट होटलको रुपमा स्थापित छ । ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा संचालित होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । अहिले होटलमा ५ वटा स्वीट रुम, १६ वटा भिला र अन्य डिलक्स गरि ९६ वटा कोठा छन् ।
होटल परिसरमा स्विमिङ्ग पुल, क्यासिनो र वाटरपार्क समेत संचालनमा छ । लुम्बिनी क्षेत्र नजिकै रहेको उक्त होटलको स्तरोन्नतीले समग्र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।

