


पोखरा,२५पुस। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने धरौटीमा रिहा भएका छन्।
थुनछेक बहसपछि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ धरौटीमा रिहा गर्ने आदेश पश्चात पक्राउ परेका ८४ दिनपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।

रिहा भएका लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको छ। रिहा भएका लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने बताइएको छ।

