
पाल्पा,२८ पुस। पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-११ सामाकोटकी ४६ वर्षीया सिता गहतराज रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तानसेन-रिडी सडकखण्डमा बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको गाडीले सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गहतराजलाई ठक्कर दिएको थियो ।
Advertisement

Advertisement
Advertisement

ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि मेडिकल कलेज प्रभासमा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले बताए ।
ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

