Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘कान्छी बजार’-२ : ठेक्का प्रक्रिया विरुद्ध अदालतमा रिट दायर
    अर्थ

    ‘कान्छी बजार’-२ : ठेक्का प्रक्रिया विरुद्ध अदालतमा रिट दायर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २९, सोमबार १९:२३ गते
    advertisement
    advertisement
    advertisement

    सलमान खान

    भैरहवा, २९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित मायादेवी फलफुल तथा तरकारी बजार (कान्छी बजार) संचालनका लागि आह्वान गरिएको शिलबन्दी बोलपत्रको प्रक्रियालाई लिएर जिल्ला अदालत रुपन्देहीमा रिट दायर भएको खुलेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत कार्तिक ९ गते श्री नारायणस्थान (मन्दिर संचालन समिति) ले २२ लाख २० हजारमा कम नहुने गरी बजार संचालनका निम्ति जग्गा तथा उक्त जग्गामा बनेको संरचना पाँच वर्ष भाडामा दिनका लागि बढाबढको शिलबन्दी बोलपत्रको आह्वान गरेको थियो ।

    सोही बोलपत्रको प्रक्रिया नमिलेको भन्दै निषेधाज्ञा आदेशको माग गर्दै एक निर्माण व्यवसायीले श्री नारायणस्थान भैरहवा, संचालक समिति र सचिवालयलाई विपक्षी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेको स्रोतले बताएको छ ।

    जसमा गत पुस २२ गते जिल्ला न्यायाधिश चाणकमणि अर्यालको एकल इजलासले उक्त विषयमा लिखित जवाफसहित उपस्थित हुनका लागि विपक्षीहरुमा नाममा आदेश गरेको बुझिएको छ।

    ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ?’,आदेशमा भनिएको छ,‘ निषेधाज्ञाको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो को साथै सूचनाको म्याद भित्र के कति बोलपत्र दर्ता भएको छ ? सो बोलपत्र सूचना बमोजिम खोलिएको छ, छैन ? सो समेत खुल्ने गरी लिखित जवाफ पेश गर्नु…।’

    गत मंसिर २९ गते खोलिएको शिलबन्दी बोलपत्रमा सबैभन्दा बढी रकम क्रमशः अजय कुमार यादव नामक व्यक्तिले ९१ लाख, शितला निर्माण सेवाले ७० लाख र एबी कालिका बिल्डर्सले ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ अंकमा कबोल गर्ने गरी कागजात पेश गरेका थिए ।

    जसअनुसार पहिलो र दोस्रो रकमको अंक दाखिला गर्ने व्यक्ति र निर्माण व्यवसायी विभिन्न कारण देखाउँदै सम्झौताका लागि नआएपछि तेस्रोमा रहेको एबी कालिका बिल्डर्ससँग बजार संचालनका लागि सम्झौता गरिएको श्री नारायणस्थान मन्दिर संचालन समितिका अध्यक्ष विष्णु उपाध्ययले जानकारी दिए ।

    मन्दिर समितिले आह्वान गरेको ठेक्का बढी मूल्यमा सम्झौता भएपछि ठेकेदार पक्षले कृषक/व्यवासायीहरुसँग दैनिक बैठकी रकम साविक दरभन्दा बढी लिने र तरकारी व्यवसायीले पनि तरकारीको मूल्यमै बैठकीको रकम जोड्ने भएकोले उपभोक्ताहरुको ढाड सेकिने भएको छ ।

    तरकारीको मूल्य मंहगो नहुन दिनका लागि उपभोक्ताहरुले मन्दिर संचालन समिति लगायत सरोकारवालाहरुसँग आग्रह गरेका छन् । यदि ‘कान्छी बजार’मा बैठकी र तरकारीको मूल्य मंहगो भएमा कृषक/व्यवासायी, सर्वसाधारण उपभोक्ताहरु संचालनमा आउन लागेको नयाँ तरकारी तथा फलफुल बजारतर्फ लम्किने सम्भावना देखिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कान्छी बजार जिल्ला अदालत रुपन्देही भैरहवा मायादेवी फलफुल तथा तरकारी बजार रिट दायर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.