
हृदयराम गुप्ता
मर्चवार, ३ माघ। श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय सहित आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरी उक्त सभा सम्पन्न गरेको हो ।
स्वावलम्बनका अध्यक्ष दुर्गा प्रसाद कुर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४६ करोड २४ लाख ८४ हजार ५१ रुपैयाको पूँजी बनाएको बताए । गत आर्थिक वर्षमा संस्थाको ३८ करोड ४५ ललाख ३८ हजार ६१ रुपैयाँको पूँजी थियो । जसअनुसार संस्थाले ७ करोड ७९ लाख ४५ हजार ९ सय ९० रुपैयाँले पूँजीले वृद्धि गरेको छ ।
Advertisement

Advertisement
Advertisement

उनले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट प्रदान गरिने विभिन्न सेवाबाट संस्थाले ९३ लाख १५ हजार १ सय ८१ रुपैया नाफा गर्न सफल भएको जनाए । उनका अनुसार २ हजार १ सय ९७ महिला र २ हजार ७ सय ९ पुरुष गरी ४ हजार ९ सय ६ शेयर सदस्य रहेका उक्त संस्थामा ३ करोड ८ लाख ७९ हजार ५ सय शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ४ सय २० बचत खाताबाट ३५ करोड ३९ लाख ६४ हजार ५ सय ७७ रुपैया बचत संकलन भएको उनले बताए ।
यस्तै उक्त बचतकर्ताहरुलाई २ करोड ९९ लाख ४१ हजार ६ सय ८५ रुपैया ब्याज प्रदान गरिएको उनले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट कृषि, ब्यवपार, पशुपालन र अन्य गरी ४ क्षेत्रमा २९ करोड ७४ लाख ५८ हजार ७४५ रुपैया ऋण लगानी गरिएको बताए ।
सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँले स्थानीय र प्रदेश सरकार समन्वय र सहकार्य गरी सहकारीको समस्या समाधान गर्ने बताए । सहकारीको स्थापनाकालको चर्चा गर्दै न्युन परिवारमा आर्थिक उन्नती गर्न सहकारी महत्वपुर्ण संस्था रहेको बताए ।उनले मर्चवारमा सहकारी आएदेखि मिटरब्याजीको संख्या कम भएको बताए ।
‘मर्चवारमा सहकारीको सुरुवात भन्दा पहिला विदेश जान, औषधी उपचार गर्न, विवाह गर्न, घर बनाउन लगायत विभिन्न कार्यको लागि मिटर ब्याजीहरुबाट मासिक ५ देखि १० प्रतिशतमा ऋण लिन बाध्यता रहेको थियो’,उनले भने,तर अहिले गाउँ गाउँमा सहकारी पुगेछि उक्त समस्याबाट जोगिन पाइएको छ ।’
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रुपन्देही जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईले ०५२ सालदेखि आफु पनि सहकारीमा आबद्ध बताउँदै पिछडिएका ग्रामिण क्षेत्रमा सहकारी संस्था आर्थिक क्रान्ति गर्ने प्रमुख माध्यम बनेको बताए । विभिन्न आयआर्जन समितिको माध्यमले बचत गरी गरीब स्तरका परिवारलाई सहाराको रुपमा रहेको उनले बताए ।
मर्चवार क्षेत्रमा नवदुर्गा स्वावलम्बनले पनि गरिब परिवारसहित किसानको लागि धेरै काम गरेकोमा उनले प्रशंसा गरे । सहकारीको विकास तथा उत्थान बचत र ऋणबाट चल्ने भएको बताउदै संस्थाबाट लिएको ऋण समयमा बुझाउन उनले आग्रह गरे। सहकारीबाट ऋण लिएर नतिर्नेहरुको नामावली तयार गरी सरोकारवाला निकायबाट कारवाहीमा जान सहरकारी संजाललाई आग्रह गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नवदुर्गा स्वावलम्बन मर्चवारको ठुलो सहकारीको रुपमा परिचित रहेको बताए ।संस्थाले किसानको लागि विभिन्न कार्यक्रम ल्याइरहँदा बीउ प्रसोधन कार्यक्रममा सर्बोत्कृष्ट रहेको बताए । गरिब परिवारको लागि न्युन ब्याज दरमा उपलब्ध हुने कार्यक्रम ल्याउन सहकारीलाई आग्रह गरे । संस्थाले हरेक वर्ष प्रगति पथमा हिडिरहेको बताउँदै यस संस्थाको सहकार्यमा आवश्यक कार्यक्रम तय गर्न सहकारीलाई आग्रह गर्दै उक्त कार्यक्रममा लगानी गर्न प्रतिबद्धता ब्यक्त गरे ।

लुम्बिनी प्रदेश सभाका पुर्व प्रदेश सभा सदस्य सुनिता ठठेरले संस्थाले मर्चवारमा सबभन्दा बढी नाफा गरेकोमा खुसी ब्यक्त गरिन । सहकारी संस्थामा महिलाहरुको उपस्थिती बाक्लो हुदै गएको बताइन ।नवदुर्गा स्वावलम्बनको तत्कालिन भवन निर्माणमा महिलाहरु आफै खटेर काम गरी निर्माण गरेको बताइन्। किसानहरुलाई आवश्यक हुने मल र बीउ स्वावलम्बनकै माध्यमबाट बितरण हुने भएको बताउँदै किसानहरुका लागि सहकारी आशाको ढोका रहेको बताए ।
सहकारीले वितरण गर्ने विभिन्न पुरस्कार तथा लागू गर्ने विभिन्न कार्यक्रममा महिलाहरुको उपस्थिती पुरुष बराबर राख्न उनले आग्रह गरिन । आफ्नो उत्थानको लागि महिलाहरु सहकारीमा आबद्ध भई बचतको बानी बसाल्न उनले आग्रह गरेकी थिइन् ।
प्रधानमन्त्री कृषि अनुकीकरण परियोजना, परियोजना कार्यन्वन इकाई रुपन्देहीका प्रमुख नारायण काफ्ले नवदुर्गा स्वावलम्बनले नौलो काम गरेको बताए । यस संस्थाले किसानको लागि गरिएको कार्यहरु सिकेर अन्य सहकारी संस्था तथा स्थानीय तहले गर्नुपर्ने बताए ।
बीउ प्रसोधन प्लान्टबाट प्रसोधित भई निश्किने बीउ खरीद गर्न सम्पूर्ण किसानहरुलाई अग्रह गर्दै यसको सेवामा स्थानीय तह तथा अन्य सहकारीले सहकार्य गर्न उनले आग्रह गरेका थिए । सहकारीले किसानको लागि गरेको काममा सरकारले सहकार्य गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।मर्चवार क्षेत्रले लुम्बिनी प्रदेश सरकारलाई पाल्न सक्ने क्षमता रहेको बताउदै यहाँ कृषि उत्पादन बढाउनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्न उनले आग्रह गरे ।
जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले मर्चवार क्षेत्रमा रहेको सहकारी संस्थाहरुले राम्रो काम गरेको बताए । मर्चवार क्षेत्रमा रहेको सहकारीहरुको सुरक्षामा सुरक्षा निकायबाट कमी कमजोरी देखिएको बताउँदै स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारले सहकारी सुरक्षा तर्फ चासो दिन आग्रह गरे ।
सभामा कोटहीमाई–४ का वडाध्यक्ष बेचुराम पाल, राष्ट्रिय सहकारी बैंक भैरहवाका प्रमुख प्रकाश पन्थी, सम्मरीमाई सहकारी संजालका अध्यक्ष दीपचान्द मौर्य, समाजसेवी गुरुवचन यादव, सामुदायिक प्रकोप ब्यवास्थापन संजाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थका ब्यवस्थापक अशोक कुमार तिवारी लगायतकाले मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका ब्यवस्थापक जितेन्द्र यादवले संचालन गरेका थिए ।

