Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा भन्सारद्वारा ४६ अर्ब बढी राजस्व संकलन
    अर्थ

    भैरहवा भन्सारद्वारा ४६ अर्ब बढी राजस्व संकलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ३, बिहीबार १४:३६ गते
    फाइल तस्वीर। क्लिक लुम्बिनी ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ माघ । भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व संकलन बढी हो । ‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौं’प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भने, ‘तर निराश हुने गरी राजस्व संकलन घटेको छैन ।’

    रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्व १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत हो । तर, अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस वर्ष लक्ष्य पनि बढी छ । कार्यालयले साउनदेखि पुससम्मको राजस्व संकलन औसतमा ८० प्रतिशत माथि छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यालयले साउनमा ८३ दशमलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १ सय दशमलव ३९ प्रतिशत, कार्तिकमा ८३ दशमलव १७ , मंसिरमा ८२ दशमलव १७ र पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको हो ।कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार राजस्व संकलन घटेकोमा चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भइरहेको छ । ‘शतप्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशतमाथि छ र यो सन्तोषजनक हो,’उनले भने ।

    ‘भन्सार विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसकेको हो, तर विगतका वर्षभन्दा सुधार गरेका छौंं’उनले भने, ‘समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्यभन्दा हामीले सन्तोषजनक संकलन गरेका छौं । ’भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १ खर्ब ९ अर्व ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । कार्यालयले गत साउनदेखि ८० प्रतिशतमाथि नै राजस्व संकलन गर्दै आइरहेको छ ।

    २०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शिर्षकका बिलासिताका विभिन्न वस्तुहरुको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन गएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत संकलन गरेको थियो ।

    भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जीप, भ्यान, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यास रहेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भन्सार राजस्व भैरहवा भन्सार भैरहवा भन्सार कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.