Close Menu
    What's Hot

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सुप्रिम सहकारी ठगी प्रकरण : १,४३,८६,०२,१३५ रुपैयाँ बिगो मागदावी
    अर्थ

    सुप्रिम सहकारी ठगी प्रकरण : १,४३,८६,०२,१३५ रुपैयाँ बिगो मागदावी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ६, आईतवार १९:११ गते
    मुद्दा दर्ताका लागि मिसिलसँगै मुद्दाका प्रमाणहरु अदालत लैजादै सरकारी वकिल कार्यालयका कर्मचारीहरु । क्लिक लुम्बिनी ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ४४ जना बचतकर्ताको पुरक जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुल मुद्दाका २८ जनामध्ये थप अभियोगपत्रबाट ८ जना र पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना गरी २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस अघि बैशाख ३ गते अदालतमा पेश भएको अभियोग पत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी र माघ ३ गते पेश भएको थप अभियोग पत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धिकरण र अन्य १६ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध मुद्दा दर्ता भएको छ ।

    त्यस्तै पुरक अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये आठ जना र नयाँ प्रतिवादी १४ जना गरी २२ जनाविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

    आइतबार दर्ता भएको पुरक अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, कर्मचारी लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

    रुपन्देही जिल्लाका न्यायाधिवक्ता पौडेलका अनुसार मुल अभियोगपत्रबाट २८ जना उपर दर्ता भएको सहकारी ठगी मुद्दामा २८ जना प्रतिवादीहरुसँग ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदावी गरिएको छ । त्यस्तै थप अभियोगपत्रबाट १७ जना प्रतिवादीहरुसगँ २ करोड सात लाख ९४ हजार ५ सय ४० रुपैयाँ र पुरक अभियोगपत्रबाट २२ जना प्रतिवादीहरुसँग ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४१ रुपैयाँ विगो मागदावी गरिएको छ ।

    पुरक अभियोगपत्रबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका रवि लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, लक्ष्मीप्रसाद पौडेलविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा उनीहरुसँग कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ ।

    हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।

    लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध जिल्ला अदालत रुपन्देही जिल्ला सरकारी वकिल कार्यालय रवि लामिछाने सहकारी ठगी सुप्रिम सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.