
भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा तेस्रो दिन थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीय प्रल्हाद कुमार योगीको इजलासमा बिहीवार देखि जारी थुनछेक बहस आइतबार पनि सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

शुक्रवार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसमेतलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि गत बुधवार लामिछाने अदालतमा उपस्थित भएका थिए । बुधवार अदालतको उनको बयान भएको थियो ।
दुवै पक्ष बहस सकिएपछि इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्ने बताइएको छ ।

