
हृदयराम गुप्ता
मर्चवार, १७ माघ। इलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको छ । गएराति कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचय पत्र सेवाको कोठाबाट ल्यापटप र क्यामेरा चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख यज्ञराज पोख्रेलले बताए ।
उनका अनुसार कार्यालयमा सीसीटीभी क्यामेरा नभएकोले तत्काल चोरी गर्ने व्यक्तिहरु पहिचानमा कठिनाई भएको छ । अज्ञात व्यक्तिले कोठाको ताला ताडेर साम्रगी चोरी गरेको पाइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, प्रमाणिकरणका सेवाहरु प्रदान गर्ने गरिएको छ । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको बताए ।

