


भैरहवा, २२ माघ। भैरहवा बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ ईकाइले क्याम्पस प्रशासनलाई डस्टबिन र फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) उपलब्ध गराएको छ ।
सरस्वती पूजाको अवसरमा संघले निःशुल्क चियापान गराउनुका साथै क्याम्पस प्रशासनलाई १० थान डस्टबिन र दुई थान फायर एक्सटिंग्विशर उपलब्ध गराइएको भैरहवा बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ ईकाइ समितिका अध्यक्ष नवराज अर्यालले बताए ।

सिद्धार्थनगर नगरपालिकाको मेयर इश्तियाक अहमद खाँले उक्त सामग्रीहरु क्याम्पस प्रमुख लक्की जोशीलाई हस्तान्तरण गरे । मेयर खाँले नेपाल विद्यार्थी संघले क्याम्पसमा राम्रो कार्यहरु गर्दै आएको र क्याम्पसलाई डस्टबिन र फायर एक्सटिंग्विशर समेत उपलब्ध गराउनु निकै सराहनीय कार्य भएको बताए ।

मेयर खाँको प्रमुख अतिथ्यितामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ट अतिथि सिद्धार्थनगर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, नेपाली कांग्रेसका सिद्धार्थनगर सभापति कोशिश बहादुर खड्का, कांग्रेस क्षेत्र नं. ३ का सचिव लेखनाथ भट्टराई, सिद्धार्थनगर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, संघको जिल्ला सभापति सन्दिप पाण्डे, उपसभापतिद्धय आकाश पौडेले र प्रतिक भण्डारी, क्याम्पसको नेपाल विद्यार्थी संघ ईकाइका सचिव उमर बादशाह खान लगायतको उपस्थिती रहेको थियो ।

