
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराबीच भेटवार्ता भएको छ । दुई देश बीचको सम्बन्ध पूर्णरूपमा पुनस्र्थापित गर्ने र सहयोग बढाउने प्रतिवद्धता गरिएको बताइएको छ ।
टर्की ध्वस्त सिरियाली शहरहरुको पुनर्निर्माणलाई समर्थन गर्न तयार रहेको एर्दोगानले अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गरेका हुन्। उनले सिरियामा सुरक्षा सुदृढ पार्ने टर्कीको प्रतिवद्धतालाई जोड दिए।
सुरक्षा सहकार्यभन्दा बाहिर दुवै नेताहरूले टर्की र सिरिया बीचको आर्थिक सम्बन्धलाई बढाउने दृढ संकल्प व्यक्त गरे। एर्दोगानले द्विपक्षीय सम्बन्धको बहुआयामिक प्रकृतिलाई प्रकाश पारे। अल–शाराले आफ्नो तर्फबाट टर्कीसँग गहिरो रणनीतिक सहयोगको आशा व्यक्त गरे।

