
काठमाडौं, ६ फागुन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ तथा जुवा खेलाउने आरोपमा २४ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।
बूढानीलकण्ठ क्षेत्रमा सोमबार राति छापा मारेर अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको र उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद भएको छ।

स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाउने उक्त भारत पुर्याउने गरेको प्रहरीले बताएको छ ।

