
काठमाडौं, ६ फागुन। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु सम्बन्धमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सांसहरूले भारतको ओडिसा राज्यस्थित केआईआईटीमा अध्यनरत छात्रा शंकास्पद मृत्युको विषय उठाएका थिए ।
Advertisement

Advertisement
Advertisement

त्यसपछि राष्ट्रिय सभा अध्यक्षले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष दाहालले भनेका छन् ।
साथै उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

