


भैरहवा, ७ फागुन । नेपाल विद्यार्थी संघ रुपन्देहीले रोहिणी गाउँपलिकाका कर्मचारीलाई कारवाही नभए आन्दोलनको आशय व्यक्त गर्दै थप सशक्त रुपमा प्रस्तुत हुने चेतवानी दिएको छ ।
गत फागुन ५ गते पालिकामा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संघले बुधवार विज्ञप्ती जारी गर्दै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई तत्काल निष्कासन गरी थप कारवाहीको माग गरेको छ ।

कार्यपालिका बैठकमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले असंवैधानिक तरिकाले गठित शिक्षा समितिको विरोध गर्दै आफ्नो कुरा राख्दा कर्मचारी र जनप्रतिनिधीबीच भनाभन हुँदा शाखा प्रमुख घिमिरेले ‘त फुच्चेले मलाई सिकाउनु पर्दैन’ भन्दै धक्कामुक्की गर्न खोज्दा भएको घटनाप्रति संघले भत्र्सना गर्दै आपत्ति जनाएको छ ।
साथै, वडाअध्यक्ष युवा भएकै कारण शाखा प्रमुखलाई वडाअध्यक्ष अस्तित्व स्विकार्न अप्ठ्यारो भएको कुरा शाखा प्रमुखले बोलेको शब्दले नै प्रमाणित गरेको बताएको छ ।
‘प्रमुख घिमिरेले वडाअध्यक्ष खान एवं अन्य कार्यपालिका सदस्यहरुप्रति गरेको दुव्र्यहार र प्रयोग गरेको तुच्छ शब्दको विरोध गर्दै तत्काल निष्कासन र अन्य थप कारवाहीको माग गर्दर्छौ’,जारी विज्ञप्तीमा भनिएको छ,‘अन्यथा न्याय नमिलेमा नेपाल विद्यार्थी संघ रुपन्देही थप सशक्त रुपमा प्रस्तुत हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’
रोहिणी गाउँपालिकामा घिमिरे शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत भएदेखि पालिकाको शिक्षाको गुणस्तर खस्किदै गएको पालिकावासीहरुको आरोप छ ।
आर्थिक वर्ष २०७९/०८० को शैक्षिक कार्यक्रम र पढाइ समीक्षा गर्दै गाउँपालिकाले लगानी गरे अनुरुप शैक्षिक प्रतिफल प्राप्त हुन नसकेकाले आगामी बर्ष शैक्षिक दृष्टिकोणले अब्बल र नमूना बनाउन भन्दै शिक्षकहरुको सरुवाको निर्णय गरेको थियो । जसको पालिकाका बिभिन्न बिद्यालयहरुका बिद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुले पालिकाले मनोमानी गरेको भन्दै बिरोध गरेका थिए ।
पालिकाका उपाध्यक्ष शिवकान्ति चमारसहितका पाँच जना वडाअध्यक्ष र कार्यपालिका सदस्यले केही समय अघि पालिकाका अध्यक्ष विद्याप्रसाद यादवले तीन महिना देखि कार्यपालिका बैठक नबोलाई शिक्षा शाखा प्रमुखको मिलोमतोमा तथा आर्थिक चलखेलमा विना निर्णय गणित, अंग्रेजी विषयको शिक्षक राख्ने विद्यालयमा कर्मसको शिक्षक भर्ना गरेको, शिक्षा समितिको बैठकमा समितिको संयोजकलाई नबोलाई समितिमा भएका पहिलाका सदस्यहरु मध्ये केहीलाई आफुखुशी हटाई अध्यक्ष र शिक्षा शाखा प्रमुखले मनपरी पालिका बाहिरका विद्यालयका शिक्षकलाई सदस्यमा मनोनित गरेको लगायत विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक पहलका लागि संयुक्त रुपमा निवेदन समेत बुझाएका थिए ।
हेर्नुहोस् विज्ञप्ती:


