
भैरहवा, ७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।
श्रीएयर विमानको उडान मार्फत भैरहवाबाट काठमाण्डौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

