
भैरहवा, ७ फागुन । भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्यरनत प्रकृति लम्सालको शव भैरहवामा ल्याईएको छ । आईतबार विश्वविद्यालयको छात्रावासमा उनी मृत अवस्थामा फेला परेकी थिईन् ।
मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाईएको थियो । बुधवार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याईएको हो। त्यसपछि एम्बुलेन्समा सडकमार्गबाट बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याईएको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म लम्सालको शव भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पतालमा राखिएको छ।
Advertisement

Advertisement
Advertisement

प्रकृतिका वुवा सुनिल लम्साल भारतबाट घर आउने क्रममा रहेकोले उनी आएपछि उनको निर्णयअनुसार शवको अन्त्येष्टि आजै वा भोली गर्ने भन्ने टुंगो लाग्ने बुझिएको छ ।
ओडिसा राज्य सरकारले मंगलबार घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ ।भुवनेश्वर प्रहरीले घटनाको आरोपमा विश्वविद्यालयमा अध्यनरत छात्र एडविक श्रीवास्तवलाई पक्राउ गरेको छ । साथै, प्रहरीले अनुसन्धानका लागि विश्वविद्यालयका पाँच जना कर्मचारीलाई पक्राउ गरेपनि त्यहाँको अदालतले उनीहरुलाई पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा गरेको छ ।

