
भैरहवा, ८ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको शवको भैरहवा अन्त्येष्टि गरिएको छ । बधुवार ओडिसाबाट ल्याइएको शवको भैरहवास्थित स्वर्गद्धारीघाटमा मध्यरातमा अन्त्येष्टि गरिएको हो ।
प्रकृतिलाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । भारतबाट राति करिब ९ बजे प्रकृतिको पार्थिकव शरिर भैरहवा ल्याइएको थियो । उनको बुवा लगायतका अभिभावक अर्को विमानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा तथा शिक्षण अस्पतालमा राखिएको थियो ।
Advertisement

Advertisement
Advertisement

राति करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याएर अन्तिम श्रद्धान्जली दिएर १२ बजे पछि बाहिर निकालिएको थियो । शवयात्रामा परिवार, आफन्त, सर्वसाधरणकाको ठुलो उपस्थिती थियो ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार छात्रावासको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । भारतीय प्रहरीले विश्वविद्यालयकै छात्रा अड्विक श्रीवास्तवलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

