Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रुपन्देही र दाङ फाइनलमा
    खेलकुद

    प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रुपन्देही र दाङ फाइनलमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन ११, आईतवार १३:२५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ फागुन। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा रुपन्देही र दाङ फाइनल प्रवेश गरेका छन् । छनोट अन्तर्गत शनिबार भएका दुई सेमिफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीच आइतबार उपाधिका लागि स्पर्धा हुनेछ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रशन केसीले ४८, कृष्ण कार्कीले ४२, मनिष थापाले ३०, प्रज्वल थापाले २०, देव खनालले १९, मिर्नाल गुरुङले १६ र सन्देश थापाले १५ रनको योगदान गरे । बलिङमा बर्दियाका निर्मल गुरुङले ३, नितेश न्यौपाले र आकाश खत्रीले २–२ तथा सौगात खत्री र ट्राभिस जैशीले १–१ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जवाफी ब्याटिङ गरेको बर्दिया ३२ ओभर ५ बलमा ९९ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका अजय चौहान र विप्रशन केसीले ३–३, रमेश कुर्मीले २ तथा कृष्ण कार्की र सन्देश थापाले १–१ विकेट लिए । बर्दियाका नितेश न्यौपानेले २५, ट्राभिस जैसीले १५ र सौगात खत्रीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमको फाइनल यात्रा टुंगियो । खेलमा विप्रशन केसी प्लेयर अफ द म्याच भए ।

    यस्तै, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २७ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ८० रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका शुभम खनालले ४, दिनेश बोहराले ३, बीरबहादुर घर्तीले २ तथा राजकुमार कुमालले १ विकेट लिए । नवलपरासीका जितेन्द्र साहनीले १९, रन्जित खत्री खड्काले १४ र इकलाख वारिसले १२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टिमले हार व्यहोर्यो ।

    प्रतिउत्तरमा झिनो लक्ष्य पछ्याएको दाङले ११ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै जित निकाल्दै फाइनल पुग्यो । उसको जितमा दिनेश बोहराले अविजित ३२ र सुशान्तसिंह थापाले नटआउट १९ रनको योगदान गरे । बलिङमा नवलपरासीका ओमकार यादव र करण विकले १–१ विकेट लिए । खेलमा दाङका दिनेश बोहरा प्लेयर अफ द म्याच भए ।

    यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल भएको हो । प्रतियोगिताबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    आइसीसी विश्वकप लिग २ को लागि यस्तो बन्यो नेपालको टिम

    २०८३ आश्विन १६, शुक्रबार १३:१२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.