
भैरहवा, २० फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ७ सय ७९ यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा कुल १ सय १५ उडान अवतरण मार्फत ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २ सय ११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग कन्केट हुँदै उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा यात्रा गर्ने यात्रुको संख्या ४ हजार ४० रहेको छ ।
महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा नोभेम्बर २०२४ बाट उडान भए यता फेब्रअरी महिनामा यात्रुको आगमन अहिले सम्मकै धेरै हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रुको आवागमन भएको थियो ।

