
बुटवल, २२ फागुन ।रुपन्देही प्रहरीले अभौतिक मुद्राको कारोबार गरेको आरोपमा तीन जना युवाहरुलाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-५ विकाश पथका २३ वर्षीय जिसान मिया, बुटवल उपमहानगरपालिका-१ गणेशस्थानका २९ वर्षीय सुरज कशैधन, अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई बुटवल बुटवल उपमहानगरपालिका-११ देवीनगरका ३० वर्षीय ईमरान खान रहेको प्रहरीले जनाएको छ ।
कानुन विपरित वान एक्स बेट र बाइनान्स समेतका एप्सहरुको अनाधिकृत रुपमा प्रयोग गरी कारोबार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट विभिन्न बैंकको चेकबुक, वान एक्स बेट, बाइनान्स, मोपक्यास एप्स संचालनमा रहेको मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरु उपर अभौतिक मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

