Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सात महिनामा भैरहवा भन्सारको ५३ अर्ब बढी राजस्व
    अर्थ

    सात महिनामा भैरहवा भन्सारको ५३ अर्ब बढी राजस्व

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २३, शुक्रबार ११:३४ गते
    bhansar office
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २३ फागुन। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो ।

    भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, अहिले चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको र मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथी रहेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले दिएको लक्ष्य अनुरूप कार्यालयले साउनमा ८३.५३ प्रतिशत, भदौमा ९०.०५, असोजमा १००.३९, कात्तिकमा ८३.१७, मंसिरमा ८२.१७, पुसमा ८०.६२ र माघमा ८५.८१ प्रतिशत राजस्व संकलन गरेको छ। भैरहवा भन्सारले कोरोना संक्रमण प्रकोप रहेको २ वर्षसम्म पनि लक्ष्य अनुरुप राजस्व संकलन गर्दै आएको थियो ।

    तर, त्यसपछि देशमा आर्थिक संकुचन र बजार चलायमान हुन नसक्दा कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार कार्यालयबाट आयात निर्यातमार्फत हुने व्यापारबाट राजस्व संकलन कम रहेकोमा चालु आर्थिक वर्षको साउनदेखि लक्ष्य अनुसार राजस्व संकलन नभए पनि मासिक लक्ष्यको ८५ प्रतिशतको हाराहारीमा संकलन गरी सुधारोन्मुख अवस्थामा आएको रेग्मीले बताए ।

    भन्सारको राजस्व संकलन समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्य भन्दा राम्रो रहेको छ। बाँकी पाँच महिनामा लक्ष्य अनुसार राजस्व संकलन गरी विभागले दिएको जिम्मेवारी पुरा गर्ने रेग्मीले बताए। कार्यालयले चालु आव २०८१/८२ का लागि एक खर्ब नौ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ।

    भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.२४ प्रतिशत संकलन गरेको थियो। भन्सार कार्यालयका अनुसार यस नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जिप, भ्यान, एम एस विलेट, टायल, डिजेल, मार्बल स्ल्याव, एलपी ग्यास रहेको छ। चालु वर्षको सात महिनामा सबै भन्दा बढी राजस्व मोटरसाइकलबाट १० अर्ब पाँच करोड असुली भएको छ ।

    त्यस्तै ५ अर्ब ७५ करोड रुपैयाँ इन्धनबाट चल्ने जीप कार र भ्यानहरुबाट, दुई अर्ब १५ करोड पेट्रोलबाट, एक अर्ब ३४ करोड विद्युतिय जीप कार र भ्यानहरुबाट, शुद्ध फलामबाट एक अर्ब ९५ करोड, इन्धनबाट चल्ने डबल पीकअप गाडीबाट एक अर्ब १७ करोड, सेलफोनबाट एक अर्ब ३ करोड, चकलेटबाट एक अर्ब ५२ लाख, एम.एस. विलेटबाट ८१ करोड ९२ लाख तथा टायलबाट ८१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भन्सार राजस्व भैरहवा भन्सार भैरहवा भन्सार कार्यालय राजस्व संकलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.