Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न 
    समाचार

    ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न 

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २५, आईतवार २३:३१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२५ फागुन।रुपन्देहीको ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन (१६ औं गाउँ अधिवेशन) एक कार्यक्रमकाबीच आईतबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा योजनाहरु परिमार्जन गर्दै अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको पालिकाले जनाएको छ । 

    अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षमा गाउँपालिकाको चालु खर्च शिर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा २०८१ माघ मसान्त सम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात ४३.२३ प्रतिशत खर्च भएको बताईन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै पूँजिगत खर्च शिर्षकमा १७ करोड ३३ हजार बिनियोजन भएकोमा  ४ करोड ६४ लाख ८७ हजार रुपैया अर्थात २७.३४ प्रतिशत खर्च भएको छ । पालिकाका कुल खर्च १८ करोड ६६ लाख ८२ हजार रुपैया अर्थात ३७.७६ प्रतिशत भएको उनले बताईन । 

    आर्थिक वर्षको माघ मसान्त सम्मको संघिय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान तर्फ  १२ करोड १५ लाख अनुमान गरेकोमा ६ करोड ७ लाख ५० हजार अर्थात् ५० प्रतिशत मात्र, विशेष अनुदान तर्फ  १ करोड रुपैयाँ अनुमान गरेकोमा  २४ लाख ३७ हजार रुपैया र सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनको लागि १७ करोड ४० लाख ४२ हजार रुपैयाँ अनुमान गरेकोमा १० करोड ९४ लाख ५४ हजार प्राप्त भएको चौधरीले बताईन ।

    त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदान तर्फ ८३ लाख ३५ हजार अनुमान गरेकोमा ४१ लाख ६७ हजार ५ सय रुपैयाँ, सशर्त अनुदान तर्फ  ९० लाख अनुमान गरेकोमा २९ लाख ७० हजार रुपैयाँ र समपूरक अनुदान तर्फ ७० लाख अनुमान गरेकोमा २३ लाख १० हजार मात्र प्राप्त भएको छ।

    श्रोत बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत संघिय सरकारवाट ९ करोड ९ लाख अनुमान गरेकोमा ४ करोड २९ लाख ८१ हजार रुपैयाँ, प्रदेश सरकारबाट ३५ लाख ४१ हजार अनुमान गरेकोमा २६ लाख ३६ हजार र मालपोत बाँडफाँडबाट १ करोड ५० लाख अनुमान गरेकोमा १ करोड १९ लाख ६५ हजार मात्र प्राप्त भएको उनले बताईन ।

    अनुमान गरेको भन्दा कम परिणाममा रकम प्राप्त भएको हुदाँ हिउँदे अधिवेशनबाट केही योजनाहरु संशोधन गरिएको र सर्वसम्मत रुपमा पारित भएको उनले जनाईन्।

    ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु)को अध्यक्षता, वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेलको स्वागतमा सम्पन्न अधिवेशनलाई सभाका सचिव कृष्ण प्रसाद पन्थी र अधिकृत रुपा थापा राउतले सञ्चालन गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका हिउँदे अधिवेशन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.