Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पर्वत प्रहरीले ३७ वर्षपछि समात्यो फ्यूचर लाईटका प्रधानाध्यापकसहित दुई फरार
    फोकस लुम्बिनी

    पर्वत प्रहरीले ३७ वर्षपछि समात्यो फ्यूचर लाईटका प्रधानाध्यापकसहित दुई फरार

    जवानीमा अपराध, ‘बुढ्यौली’मा जेल
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २७, मंगलवार २०:५५ गते
    ३७ वर्षपछि पक्राउ परेका फरार प्रतिवादीहरु ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ फागुन। जवानीमा अपराध गरेर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ। जघन्य अपराध हत्या गरेर फरार भएका पर्वत जिल्ला महाशिला गाउँपालिका–५ का ५७ वर्षीय गम्भिर गुरुङ र सोही स्थानका ५५ वर्षीय तेज बहादुर गुरुङलाई ३७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

    पक्राउ परेका गम्भिर गुरुङ वर्षौ देखि रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित फ्यूचर लाइट ईङलिस बोर्डिङ स्कूल संचालन गरेर बसेका थिए। उनी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) समेत हुन्। पर्वतबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मुद्दाका फरार प्रतिवादी गम्भिर गुरुङलाई मायादेवी गाउँपालिका–८ बसडिलवाबाट र तेज बहादुर गुरुङलाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले बताए ।

    उनका अनुसार चुनावसँग सम्बन्धित झैझगडामा गम्भिर गुरुङ र तेज बहादुर गुरुङ समेतले ०४४ साल फागुन ७ गते योजना बनाएर लाठी तथा चक्कुले रामबहादुर गुरुङको हत्या गरी खोल्सामा फालेर फरार भएका थिए। त्यसपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेर पक्राउ परेका दुई जनासमेतलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल मार्फत जिल्ला अदालत पर्वतमा मुद्दा दायर गरेको थियो।

    जिल्ला अदालत पर्वतले ०५८ साल असार १३ गते मुद्दाका सबै प्रतिवादीलाई जनही दश वर्षको कैद सजाएको फैसला गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएर कैद सजाए भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    पर्वत प्रहरीले अदालतबाट दोषी ठहर भएर कैद वा जरिवाना वा दुवै सजाएको फैसला पश्चात सजाए भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समययता धमाधम पक्राउ गरिरहेको छ।

    ‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’,जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विष्टले भने ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ।’ प्रहरीले अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ।

    दशकौँ अघिदेखि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि जिल्लासँगै विभिन्न प्रहरी युनिटबाट खटिएर कार्यसम्पादन भइरहेको उनी बताउँछन्।

    कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले जनाए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रहरी कार्यालय पर्वत नेपाल प्रहरी पर्वत प्रहरी फरार प्रतिवादी फ्यूचर लाइट ईङलिस बोर्डिङ स्कूल बसडिलवा महाशिला गाउँपालिका मायादेवी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.