
बुटवल, २८ फागुन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्थामाथी प्रहार भएको बताएका छन्। नेपालको अहिलेको शासन प्रणाली बिश्वकै उत्कृष्ट भएको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताए।
‘संघ र प्रदेशमा छिटो छिटो सरकार परिवर्तन भईरह्यो। यसले सकारात्मक सन्देश दिएको छैन’,पाल्पाली समाज नेपालले बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार फेरबदल भई रहने र नेता तथा जनप्रतिनिधिको कार्यशैलीप्रति ईंगित गर्दै केहीतत्वले ब्यवस्था माथी नै प्रश्न उठाएको छ।’
Advertisement

Advertisement
Advertisement

होली पर्वको शुभकामना दिदै उनले जनताको कामबाट त्यसको जवाफ दिनुपर्ने पनि बताए। समाजका अगुवाहरुको पहलले नै समाजमा समाजिक आर्थिक, सास्कृतिक र राजनीतिक बिकास हुने भन्दै उनले सबैको एकाकार प्रयासबाट मुलुकको समृद्धि सम्भव हुने बताए।

