

भैरहवा,४ बैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट घुससहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ।
स्रोतका अनुसार, अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुईलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement
सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घुससहित उनलाई भैरहवा बजार (मालपोत कार्यालयदेखि केही दुरीमा रहेको होटल निर्मला) बाट पक्राउ गरिएको विश्वस्त स्रोतले बताएको छ।
र, यो पनि…
घुससहित पक्राउ परेका मालपोत कर्मचारीको साथबाट थप रकम बरामद





