


भैरहवा,४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको कर्मचारीको साथबाट थप रकम बरामद भएको छ।
सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चालाई पक्राउ गरेको थियो।

कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक प्रक्रिया पुरा गर्ने क्रममा कर्मचारीको साथमा रहेको झोला चेकजाँच गर्दा स्रोत नखुलेको थप साढे ३ लाख रुपैयाँ बरामद भएको विश्वस्त स्रोतले बतायो।
अख्तियारले शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका-१३ स्थित होटल निर्मलाबाट खाम्चालाई घुससहित रंगेहात पक्राउ गरेको थियो।
र, यो पनि…
घुससहित भैरहवा मालपोतका कर्मचारी पक्राउ

