
भैरहवा, ३ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्

