Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीको ‘हटसिट’मा को ?
    समाचार

    मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीको ‘हटसिट’मा को ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र ४, सोमबार १३:२८ गते
    एआईजीत्रय क्रमशः दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ (बायाँबाट) ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,४ चैत। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर सोमबार (आज) राति १२ बजेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशमा जाने लागेका कुँवरलाई सशस्त्र प्रहरी बल, नेपालले आइतबार विदाई गरिसकेको छ भने नेपाल प्रहरीको मुख्यालयमा पनि बिदाईको तयारी छ ।

    कुँवरको अवकाशसँगै नेपाल प्रहरीले नयाँ कमाण्डर पाउनेछ । जसका लागि आज बस्ने मन्त्रिपरिषद्को बैठकले करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको कमाण्डर तोक्ने (निर्णय) छ । संगठनको ३१ औं आईजीपीका लागि तीन जना एआईजी दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङबीच प्रतिस्पर्धा छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यी तीनजना एआईजी मध्ये सरकारले जसलाई पनि प्रहरी प्रमुखको रुपमा नियुक्त गर्न सक्नेछ। ‘एआईजीहरुमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नसक्ने छ,’ प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख छ।

    विद्यमान नियमावली रहेको अवस्थामा यी तीन जनामध्ये हुने आईजीपी आगामी २०८२ साल भदौसम्म मात्रै सेवा रहेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिकै कारण उक्त आईजीपी पनि अवकाशमा जानेछन्।

    आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्छ । आईजीपी कुवँरसँगै एआईजीहरु बुद्धिराज गुरुङ, कुबेर कडायत, दुर्गा सिंह, जनक भट्टराई,टेकप्रसाद राई पनि अनिवार्य अवकाशमा जाँदैछन्। आईजीपीमा हालको एक जना एआईजी नियुक्त भएपश्चात एआईजीको ६ पद रिक्त हुनेछ । सोही ६ एआईजी पदमा बढुवाका लागि डीआईजीहरु पनि दौडधुपमा लागेका छन् ।

    एआईजीसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सोमबार (आज) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आईजीपी एआईजी बढुवा नेपाल प्रहरी प्रहरी महानिरीक्षक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.