
भैरहवा, ४ चैत। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे सात किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ।
‘सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एशियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा साढे सात किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले क्लिक लुम्बिनीसँग भन्यो, ‘कसका लागि कहाँ लैजानका लागि ल्याएको हो ? लगायत विषय खुलेको छैन,अनुसन्धान पछि खुल्नेछ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

स्रोतका अनुसार बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमान मार्फत ल्याइएको थियो। गाँजासहित पक्राउ परेको महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुझिएको छ।
प्लाष्टिकसहितको तौल करिब ९ किलो रहेपनि बरामद गाँजाको परिमाण फरक परेकोले सच्चाइएको छ–सं.

