


काठमाडौ,८चैत। परराष्ट्रमन्त्री आरजु राणाले भारत लोकतन्त्रकै पक्षमा रहेको बताएकी छिन् । भारत भ्रमण सकाएर स्वदेश फर्किएकी मन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै भारतीय पक्ष नेपालमा लोकतान्त्रिक प्रणालीकै पक्षमा रहेको बताइन्।
नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरुले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय पक्ष (भारतीय निकायहरु) जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरुमा मैले देखिनँ’,उनले भनिन्।

उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरु पनि गरेको बताइन्। उनले विपिन जोशीको रिहाइका लागि अमेरिकादेखि युरोप र एसियाका विभिन्न देशका सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको बताइन्।

