
काठमाडौ, १४चैत। मुलुकको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बिहीवार एभरेष्ट होटलमा बानेश्वरमा आयोजित एक कार्यक्रमको एउटै मञ्चमा पुगेका छन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा पुगेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी भएका हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।
गत सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।

