
दाङ, १५चैत। तिर्थयात्रामा गएका चार नेपाली नागरिकको भारतमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दाङको तुलसीपुरबाट गएका उनीहरुको भारतको बहराइचमा सवारी दुर्घटना हुँदा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए।
उनका अनुसार गाडी चालक तुलसीपुर–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको हो। अन्य तीनजनाको नाम भने नखुलेको उनले जनाए। गाडीमा नौ जना सवार रहेको र अन्य घाइते भएका छन्।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

