
लुम्बिनी, १५ चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो,’उनले भने–‘संघीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।’
उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पारे। उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे।
लुम्बिनी विकास गुरुयोजना अनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उनले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरुले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

