


भैरहवा,१५चैत। लेखा समूह रुपन्देहीले बुटवलस्थित मानवसेवा आश्रममा अश्रित व्यक्तिहरुलाई भोजन गराएर आफ्नो १० औं स्थापना दिवस मनाएको छ।
समूहका संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथी प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीले मानव सेवा नै सबै भन्दा ठूलो सेवा रहेकोले सामाजिक कार्यमा संस्थाले खेलेको भुमिका प्रशंसनीय रहेको उल्लेख गरे।

समूहका अध्यक्ष देव वहादुर घर्तीले समुहले निरन्तर सामाजिक कार्य गर्दै आएको र आगमी दिनमा पनि समाजप्रती सधै सकारात्मक हुँदै सामाजिक कार्यमा सदैव लाग्ने बताए।

‘धेरै जनाले आफ्नो संघसंस्थाको स्थापना दिवस विभिन्न तरिकाले मनाउनुहुन्छ। जुन ठिक पनि हो’,लेखा समूह रुपन्देहीका सचिव ओमश कुमार गैरेले भने, ‘तर, हामीले केही फरक तरिकाले स्थापना दिवस मनाउने सोचकासाथ आश्रममा आश्रित व्यक्तिहरुलाई भोजन गराएर स्थापना दिवस मनाएका हौँ ।’
उनले कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रवाहका साथै समाजप्रति आफुहरुको पनि उत्तरदायित्व रहेकोले मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराएर समूहको स्थापना दिवस मनाइएको बताए। उनले यसरी फरक ढंगले स्थापना दिवस मनाउन पाउँदा आफुहरु हर्षित रहेको बताए। साथै, समूहले मानवसेवा आश्रमलाई दश हजार रुपैयाँ समेत उपलब्ध गराएको छ।

समूहका सचिव ओमेश कुमार गैरको संचालन, समुहका अध्यक्ष देव वहादुर घर्तीको अध्यक्षता, समूहका संरक्षक दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समुहका पूर्वअध्यक्ष युवराज पौडेल, उपाध्यक्ष हरिप्रसाद ज्ञवाली, सचिव ओमेश कुमार गैरे, कोषाध्यक्ष मधु प्रसाद भट्टराई, सदस्य चक्रपाणि पाण्डे, शोभाखर ज्ञवाली, तुल्सी प्रसाद श्रेष्ठ, कमल पराजुली, कृष्णप्रसाद पाण्डे तथा लेखा समूह निवृत्त समाजका प्रतिनिधि जिवनाथ अर्याल सहभागिता रहेको थियो ।

संघ, प्रदेश र स्थानीय तह गरी लेखा समूह रुपन्देहीमा करिब दुई सय सदस्य छन्। लेखा समूह रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम, विपन्न नागरिकलाई आवश्यक सामग्री, तीनै तह सरकारका कर्मचारीबीचमा आर्थिक प्रशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, सदस्यहरुको स्वास्थ्य उपचारमा समन्वय, आर्थिक सहयोग लगायतका कार्यहरु निरन्तर गर्दै आएको छ।

