
काठमाडौं,१५ चैत। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ।
काठमाडौंमा शुक्रवार भएको घटनाका सम्बन्धमा अनुसन्धानका लागि मिश्र र राणालाई पक्राउ गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले जानकारी दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस्तै प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पक्राउ गरेको जनाएको छ ।
शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो।

